जतिसुकै धरपकड गरे पनि दब्नेवाला छैनौंः राप्रपा सांसद सिंह

काठमाण्डु टुडे २०८२ वैशाख ७ गते १५:१४ मा प्रकाशित

काठमाण्डू, ७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले निषेधित क्षेत्रमा पुग्दै नपुगि प्रहरीले धरपकड गर्न खोजेको बताएका छन ।

आज (आइतबार) प्रदर्शनका क्रममा बबरमहल क्षेत्रमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै राप्रपा सांसद सिंहले यस्तो बताएका हुन् । उनले भने, ‘हामी निषेधित क्षेत्रमा पनि पुगेका छैनौं । त्यही धरपकड गर्न खोजेको हो, ‘जनताको आवाज राप्रपाले उठाउन खोज्ला हदसम्म तानि तानि उनीहरूले दबाउन खोजेका छन् ।’

उनले जनताको आवाज आफ्नो पार्टीले बोलिरहने पनि बताएका छन । उनले भने, ‘हामीले जति धरकपड गरे पनि दब्नेवाला छैनौं ।’सिंहदबारमा केहीबेर अघि अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यतिबेला सांसद सिंह पनि त्यहीँ थिए । यद्यपि उनी प्रहरी नियन्त्रणमा नपरी अहिले प्रदर्शनस्थलमा पुगेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us