कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी खड्कालाई

काठमाण्डु टुडे २०८२ वैशाख ७ गते १७:४५ मा प्रकाशित

काठमाण्डू, ७ वैशाख– कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

सभापति शेरबहादुर देउवा विदेश गएकाले उनी नफर्कने बेलासम्मका लागि खड्कालाई कार्यबाहक सभापति तोकिएको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us