
काठमाण्डू, ७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार प्रदर्शनमा नियन्त्रणमा रहेका सातै जनालाई प्रहरीले छाडेको छ ।
नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकालीमापुर्याइएका सातै जनालाई छाडिएको परिसरका एसपी अपील राज बोहराले जानकारी दिएका छन ।
छुट्नेहरुमा अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल रहेको उनले जानकारी दिएका छन । उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।