
काठमाण्डू, ८ वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिट ‘हेर्न नमिल्ने’ मा परेको छ ।
न्यायाधीश हरि फुयाँलको इजलासमा परेको निवेदन हेर्न नमिल्नेमा परेको हो । लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्चमा आइतबार बन्दी प्रत्यक्षकरणको रिट दर्ता गरेकी थिइन् ।