टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने युवक पक्राउ

काठमाण्डु टुडे २०८२ वैशाख ८ गते १३:२० मा प्रकाशित

काठमाण्डू, ८ वैशाख– प्रहरीले टिकटक एकाउन्टमा पेस्तोल देखाएर भिडियो बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादव रहेको प्रहरीले जनाएको छ ।

यादवले यही वैशाख ६ गते करिब साढे ६ बजे पेस्तोल देखाएको भिडियो टिकटकमा पोष्ट गरेका थिए । सोही भिडियोका आधारमा उनलाई इलाका प्रहरी कार्यालय पकडीको टोलीले नियन्त्रणमा लिएको हो ।

उनलाई मायादेवी गाउँपालिका–१ पकडी स्थित मायादेवी होटलबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us