
काठमाण्डू, ८ वैशाख– खोटाङको रावाबेसी गाउँपालिकाका कार्यालय सहयोगी मृत अवस्थामा भेटिएका छन । रावाबेसी गाउँपालिका–१ कुभिण्डेका ५७ बर्षीय महेश रेग्मी गाउँकै बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
गोरेटो बाटोबाट करिब ८–९ मिटर तल बारीको भित्तामा अनुहार र घुँडाले जनिनमा टेकेकोअवस्थामा मृत भेटिएको वडाध्यक्ष वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिएका छन ।
दाइको घरबाट आइतबार बेलुकी करिब साढे ८ बजे चिया खाएर हिँडेका उनी सोमबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले गोरेटो बाटोबाट लडेर उनको मृत्यु भएको हुनसक्ने अनुमान जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले अनुसन्धान जारी रहेको पनि जानकारी दिएका छन् ।