
काठमाण्डू, ८ वैशाख– काठमाण्डूको बूढानीलकण्ठ नगरपालिका–३ चपली घुम्तीस्थित झाडीमा एक युवकको शव फेला परेको छ । अन्दाजी ३० वर्ष जतिका युवकको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।
उक्त शवको हालसम्म शवको सनाखत हुन सकेको छैन । घटना शंकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।