
काठमाण्डू, ८ वैशाख– मकवानपुरको थाहा नगरपालिकामा १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा आफ्नै बाबु पक्राउ परेका छन् । ३६ वर्षीय बाबुलाई प्रहरीले गत आइतबार पक्राउ गरेर मुद्दा चलाएको छ ।
पीडित बालिकाले घटनाबारे आफ्नो नतिजको आफन्तलाई बताएपछि इलाका प्रहरी कार्यालय पालुङमा उजुरी परेको थियो । बालिकामाथि उनका बाबुले गत कार्तिकदेखि पटक–पटक जर्वजस्तीकरणी गर्दै आएको उजुरीमा उल्लेख गरीएको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन ।
पीडित बालिकाकी आमाले दोस्रो विवाह गरेर गएपछि उनी बाबुसँग बस्दै आएको प्रहरीले जानकारी दिएको छ । आरोपित बाबुलाई हाडनाता बलात्कारमा मुद्दा चलाइएको डिएसपी अर्यालले जानकारी दिएका छन ।