विद्या भट्टराईले उच्च नैतिकता देखाउनुभयोः एमाले उपाध्यक्ष शाक्य

काठमाण्डु टुडे २०८२ वैशाख ९ गते १२:०७ मा प्रकाशित

काठमाण्डू, ९ वैशाख– एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षामन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराई उच्च नैतिकवान नेता भएको टिप्पणी गरेकी छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत शाक्यले सक्षम, इमान्दार, नैतिकवान र असल नेता भएका कारण विद्याले राजीनामा
दिनुपरेको हो ? भन्दै प्रश्न गरेकी छन् ।

जारी शिक्षक आन्दोलनका माग सम्बोधन गर्ने आफूले अघि सारेको ७ बुँदे मार्गचित्र प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेपछि भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी थिइन् ।

उपाध्यक्ष शाक्यले राजीनामाले भट्टराईको नैतिक धरातल अझ उच्च बनाएको बताइन् । विद्याको इमान र नैतिकता सबैका लागि सधैं प्रेरणा बनोस् भन्ने कामना शाक्यको छ ।

‘विद्या तपाईंको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्,’, उनले लेखेकी छन्, ‘विद्या भट्टराई सक्षम, इमान्दार, नैतिकता उच्च भएको, एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ? उहाँलाई सहयोग किन भएन ?

भट्टराईलाई राजीनामा गर्न बाध्य पारेको भन्दै एमालेभित्र र बाहिर पनि प्रधानमन्त्री केपी ओलीको चौतर्फी विरोध भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us