जलेको अवस्थामा भेटियो हरिकिसनको शव

काठमाण्डु टुडे २०८२ वैशाख ९ गते १४:१० मा प्रकाशित

कञ्चनपुर, ९ वैशाख– कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा ५० वर्षीय हरिकिसन रानाको शव मंगलबार जलेको अवस्थामा भेटिएको छ ।

कञ्चनपुर प्रहरीका डिएसपी उमेश जोशीका अनुसार शरीरको बाहिरी भाग जलेको अवस्थामा रानाको शव फेला परेको हो ।
शव फेला परेको स्थान नजिकै तोरीको भुसामा उनको मोटरसाइकल समेत जलाइएको पाइएको छ ।

बेलडाँडी गाउँपालिका–३ का बासिन्दा राना भैँसीपालन गरी दुग्ध व्यवसाय सञ्चालन गर्दैआएका थिए ।

‘घटनास्थलमा प्रहरी टोली पुगेको छ,’ डिएसपी जोशीले भने, ‘के कति कारणले रानाको मृत्यु भयो भन्नेबारे अनुसन्धान गर्दैछौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us