रवि लामिछानेलाई थुनेको विषयमा कारण देखाउ आदेश

काठमाण्डु टुडे २०८२ वैशाख ९ गते १७:५९ मा प्रकाशित

काठमाण्डू, ९ वैशाख– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले मंगलबार कारण देखाऊ आदेश जारी गरेको हो ।

लामिछाने पत्नी निकिता पौडेलले उनलाई थुनामा राख्ने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश बदरको माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

अदालतले बुटवलस्थित सुप्रिम सहकारी ठगी कसुरमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि पक्राउ परेका लामिछाने भैरहवा कारागारमा छन् ।

त्यसअघि उनलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरेको थियो ।

उच्चले जिल्लाको आदेश खारेज गर्दै २२ चैतमा लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us