
काठमाण्डू, १० वैशाख- प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहेका एमाले उपमहासचिव विष्णु रिमालले पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई खतरा पार्टी बनाएर देखाउन चुनौती दिएका छन् ।
आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उपमहासचिव रिमालले चुनौती दिएका हुन । उनले एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई लक्षित गर्दै एमालेसहित प्रमुख दलका नेताहरुप्रति टिप्पणी गर्नुभन्दा आफ्नै पार्टीलाई चाहेजस्तो, खोजेजस्तो र सोचेजस्तै खत्रा पार्टी बनाएर देखाउन चुनैती दिएका हुन् ।
उनले लेखेका छन्– ‘तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि हौ ।’ चल्तिका एक युवा गायकले के सन्देश दिन यो गीत बनाए, त्यो त उनैलाई थाहा होला ।
तर मलाईचाहिँ आजभोलि चम्कीचम्की, जुल्फी हल्लाई हल्लाई एमाले सहितका प्रमुख दलका नेताहरुप्रति टिप्पणी गर्ने ‘एस’ भनिने ‘त्यस’ पार्टीका महासचिवको ‘फुरफुरी’ले गीत याद आयो ।’ रिमालले भुसाललाई साँच्चिकै महासचिव भएको हो नि ? भन्दै हो भने आफ्नै पार्टीलाई चाहेजस्तो खतर पार्टी बनाएर देखाए हुन्न भन्दै प्रश्न गरेका छन् ।
उनले भने, ‘महोदय, साँच्चिकै महासचिव भएको हो नि १ हो भने– आफ्नै पार्टीलाई चाहेजस्तै– खोजेजस्तै–सोचेजस्तै खत्रा पार्टी बनाएर देखादिए हुन्न रु अब के को लागि यो ल्याङ, ल्याङ ।’
नेकपा स्थापनाको ७६ औँ वर्ष पुरा भएको अवसरमा काठमाण्डूमा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै महासचिव भुसालले ‘आई लभ यू होइन, हिसाब देऊ केपी बा भन्नुपर्छ’ भनेर प्रधानमन्त्री ओलीको टिप्पणी गरेका थिए । त्यसको जवाफमा उपमहासचिव रिमालले यस्तो बताएका हुन ।