
काठमाण्डू, १० वैशाख– प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सरकारलाई निभ्दै गरेको बत्तीको संज्ञा दिएको छ ।
मुख्यालय कोटेश्वर पेरिसडाँडामा बुधबार आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्नि प्रधानमन्त्री केपी ओलीले नै त्यो पुष्टि गरेको बताए ।
ओलीका पछिल्ला अभिव्यक्ति र हतास मनस्थितिले सरकार निभ्न लागेको दियो भएको पुष्टि हुने उनको भनाइ थियो ।
विगतमा अरुमाथि गाली गर्दै आएका ओलीले पछिल्लो समय आफ्नै पार्टीका नेतालाई गाली गर्नु पनि सरकार ढल्न लागेको संकेतका रुपमा बुझ्नुपर्ने सापकोटाले उल्लेख गरे ।
‘अरूलाई त गाली गर्दै आइराख्नुभएको थियो । अब आफ्नै पार्टीकालाई पनि गाली गर्न थाल्नुभएको छ’, उनले भने, ‘यो अर्थमा सरकार निभ्दै गरेको बत्ती हो ।’
ओली गुमेको साख फेरि कतैबाट परालको त्यान्द्रोले जोगाउन सकिन्छ कि भनेर अनेक प्रपञ्चमा लागेको टिप्पणी सापकोटाले गरे ।
सापकोटाले प्राविधिक रूपले सरकार अस्तित्वमा रहे पनि राजनीतिक रूपले वैधानिकता गुमाइसकेको दाबी गरे ।
आफ्नो औचित्य स्थापित गर्न असक्षम प्रधानमन्त्री ओली नैतिकताका आधारमा एक दिन पनि सरकारमा बस्न नमिल्ने तर्क उनको छ ।