नवनियुक्त शिक्षामन्त्री पन्तले लिए सपथ

काठमाण्डु टुडे २०८२ वैशाख ११ गते १७:२० मा प्रकाशित

काठमाण्डू, ११ वैशाख– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई पद तथा गोपनीयताको शपथ गराए ।

एमालेको समानुपातिक तर्फका सांसद् पन्तलाई प्रधानमन्त्री केपी ओलीले बुधबार शिक्षामन्त्रीमा सिफारिस गरेका थिए ।

निवर्तमान मन्त्री विद्या भट्टराईले जारी शिक्षक आन्दोलनका माग सम्बोधन गर्न आफूले अघि सारेका ७ बुँदे रोडम्यामप्रति प्रधानमन्त्री ओली सकारात्मक नभएको भन्दै ८ वैशाखमा राजीनामा दिएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us