
काठमाण्डू, १२ वैशाख– पूर्व प्रधानमन्त्री कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको दाबी गरेका छन । आज शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन ।
सभापति देउवाले भने, ‘गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन ।’ उनले आफूलाई सत्ता समीकरण परिवर्तन हुने भन्ने कुरा थाहा नभएको पनि बताएका छन । उनले भने, ‘सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो थाहा छैन मलाई ।’