प्रधानमन्त्रीले २८ वैशाखमा संसद्‍मा जवाफ दिने

काठमाण्डु टुडे २०८२ वैशाख १२ गते १३:४४ मा प्रकाशित

काठमाण्डू, १२ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् ।

प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर अनुसार यही १९ वैशाखमा संसद्‍मा आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नेछन् ।

नीति तथा कार्यक्रममाथि संसद्मा ५ दिन (२२, २३, २४, २५, २६ गते) छलफल हुनेछ । २८ वैशाखमा प्रधानमन्त्रीले जवाफ दिने गरी कार्यक्रम प्रस्तावित गरीएको छ ।

२८ वैशाखमा नै संसद्‍मा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । यसलाई प्रीबजेट छलफलको रुपमा लिइन्छ । ३१ वैशाखसम्म प्रीबजेट छलफल जारी रहनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us