अमेरिकाजस्तो देश खोजेर नेपालमा सम्भव छैनः कांग्रेस

काठमाण्डु टुडे २०८२ वैशाख १२ गते १४:२८ मा प्रकाशित

काठमाण्डू, १२ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले देशमा व्यवस्था मात्रै परिवर्तन नभइ अवस्था पनि परिवर्तन भएको प्रष्टै आँखाले देखिएको बताएको छ ।

आज (शुक्रबार)बाट सुरु भएको बजेट अधिवेशनमा पार्टीको तर्फबाट समय लिएर बोल्ने क्रममा प्रमुख सचेतक श्याम घिमिरेले पछिल्लो २० वर्षमा आँखाले देखिनेगरी धेरै परिवर्तन भएको बताए ।

उनले भने, ‘विगतको २० वर्षमा केही पनि भएन, व्यवस्था मात्रै परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने तर्कमा कुनै सत्यता देखिँदैन, ‘व्यवस्था सँगसँगै अवस्थामा पनि ठूलो परिवर्तन भएको हामीले महसुस गरेका छौं ।’

संसारको तुलना गर्ने हो भने अमेरिकाजस्तो देश नेपालमा खोजेर सम्भव नहुने उनले बताए । उनले भने, ‘तथ्यांकले मात्रै होइन यो हाम्रो आँखाले पनि देख्नेगरी आजभन्दा २० वर्ष अगाडिको समाज र अहिलेको समाजलाई हामीले तुलनात्मक ढंगले हेर्‍यौं भने निश्चय पनि यो हामीले देख्न सक्छौं, ‘संसारको तुलना गर्ने हो भने अमेरिकाजस्तो देश खोजेर आज नेपालमा सम्भव नहोला ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us