पछिल्लो ९ महिनामा मात्रै समस्याहरू आएका होइनन्ः एमाले

काठमाण्डु टुडे २०८२ वैशाख १२ गते १४:५८ मा प्रकाशित

काठमाण्डू, १२ वैशाख– सत्ता घटक दल एमालले देशमा देखिएका समस्याहरू पछिल्लो सरकारको कारण मात्रै नभएको बताएको छ । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठक तर्फबाट सम्बोधन गर्दै एमाले सांसद गोकर्ण विष्टले यस्तो बताएका हुन ।

उनले समस्याहरू समाधान गर्नेगरी सरकार अघि बढेको पनि बताएका छन । एमाले सांसद विष्टले भने, ‘देशमा यी उल्लेखित समस्या र चुनौतीभन्दा बाहेक बहुआयामिक खालका समस्या पैदा भइरहेका छन् ।

केही समस्यामा विश्व अर्थव्यवस्थाका कारण छन् भने केही समस्या आन्तरिक कारण पनि छन्, ‘यी समस्याहरू केवल ९ महिनाको सरकारको अवधिमा पैदा भएका होइनन् ।

यी समस्याहरू लामो समयदेखि थुप्रिएका समस्याहरू सामना गर्नेगरी सरकार अघि बढेको छ ।’ तर, चुनौतीका पहाडलाई केवल ९ महिनाको अभ्यास र कार्यान्वयनले परिणाममा पुर्‍याउन नसक्ने पनि उनले बताए ।

उनले भने, ‘तर, चुनौतीका पहाडलाई केवल ९ महिनाको अभ्यास र कार्यान्वयनले परिणाममा पुर्‍याउने वा सफलता प्राप्त गर्ने कुरा नहुन सक्छ, ‘यो कुरा संसद् र आम दाजुभाई दिदीबहिनीले गम्भीर रुपमा सोच्नुपर्ने अवस्था छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us