
काठमाण्डू, १२ वैशाख– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले राष्ट्रिय समस्याको पहिचान र नागरिकको दैनिकीसँग जोडिएका उल्झनको समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै रास्वपा सांसद अर्यालले यस्तो बताएका हुन । उनले वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, बजेटलाई यथार्थपरक बनाउन र जनताको समस्या समाधानमा केन्द्रित गर्न आग्रह समेत गरेका छन ।
सांसद अर्यालले शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा बजेट बनाउन सरकारलाई सुझाव दिँदै अर्यालले सामाजिक न्याय र समावेशितालाई ख्याल गर्न भने । कनिका छरे जसरी बजेट छर्ने काम नगर्न सरकारलाई सचेत गराउँदै उनले अनुत्पादक खर्च कटौती, भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिको प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।
गभर्नर नियुक्तिमा सरकारले तमासा देखाएको आरोप लगाउँदै सांसद अर्यालले शिक्षक, चिकित्सक, सहकारी पीडितलगायतको असन्तुष्टि सम्बोधन गर्नेतर्फ ध्यान नदिइएको धारणा राखे ।
सुधारको सुरुवात संविधानमा रहेको कमजोरीलाई सुधारबाट गर्नुपर्नेमा जोड दिँदै उनले सोही प्रयोजनका लागि गठन गरिएको भनिएको वर्तमान सरकारले त्यसतर्फ काम गर्न नसकेको उल्लेख गरे ।
सांसद अर्यालले आफ्ना पार्टीका सभापति रवि लाछिानेमाथि अनावश्यक रूपमा फौजदारी मुद्दा लगाइएकामा आपत्ति प्रकट गर्दै सरकार जसरी पनि थुन्ने प्रक्रियामा लागेको लगाए ।