शिक्षामन्त्री भेट्न गएको महासंघको टोली भेट नगरी फर्कियो

काठमाण्डु टुडे २०८२ वैशाख १२ गते १६:४३ मा प्रकाशित

काठमाण्डू, १२ वैशाख– आज शुक्रबार नवनियुक्त शिक्ष विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग औपचारिक भेटका लागि गएको शिक्षक महासंघको टोली मन्त्रालय नै नपुगी फर्किएको छ ।

शिक्षामन्त्री पन्तले आजै आन्दोलनतर शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए । शिक्षक महासंघको टोली शिक्षामन्त्रीसँग भेट गर्न सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गएको थियो ।

तर, मन्त्रालय नपुगी टोली फर्किएको हो । शिक्षक महासंघले मन्त्रीसँग भेट नगरी बीचबाट फर्किनुको कारण खुलाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले समाजिक सञ्जालमा लेखेका छन्, ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं ।

तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’ सरकारले फेरि शिक्षकलाई वार्तामा बोलायो उनले कारण भने खुलाएनन् ।

अध्यक्ष सुवेदीले सिंहदरबार प्रवेशका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावलीबारे पनि अनभिज्ञता जनाएका छन् । सूची महासंघले तयार नगरेको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us