
काठमाण्डू, १२ वैशाख– चितवनको भरतपुरको महानगरपालिका–७ स्थित प्रेमबस्ती चोकमा भएको दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–६ इन्द्रपुरी बस्ने वर्ष ५२ की लक्ष्मी वाग्ले रहेकी छन ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ । भरतपुरतर्फ आउँदै रहेको ना ५ च २६४४ नम्बरको जिपले सोही दिशाबाट आउँदै गरेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि जिप सडकमै पल्टिएको थियो ।
पल्टिएको उक्त बोलेरोले स्कुटरमा सवार महिलालाई समेत किचेको थियो । सो क्रममा महिलाको निधन भएको प्रहरीले जनाएको छ । जिप चालक भने प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।