स्कुटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष घाइते

काठमाण्डु टुडे २०८२ वैशाख १३ गते १४:३५ मा प्रकाशित

काठमाण्डू, १३ वैशाख– नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल स्कुटर दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ पुष्पलाल पार्क अगाडि भित्री सडकखण्डमा ६२ वर्षीय पोख्रेल आफैंले चलाएको बा प्र ३–०३००१ प ५८०७ नम्बरको स्कुटर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।

४ नम्बर वडाको कमलडाँडास्थित घरबाट पार्टी कार्यालयतर्फ आउने क्रममा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन ।

उनलाई अचेत अवस्थामा देखेर स्थानीयले उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल पुर्‍याएको पनि डीएसपी अर्यालले जानकारी दिएका छन ।

उनको टाउको, निधार तथा दाँया हातमा चोट लागेको छ । उनको आईसीयूमा उपचार भइरहेको छ । अहिले होस् नखुलेको पनि उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us