बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८२ वैशाख १३ गते १५:५९ मा प्रकाशित

काठमाण्डू, १३ वैशाख– दाङमा बसको ठक्करबाट पौदलयात्रीको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१० स्थित सडकमा रुकुम पश्चिमबाट काठमाण्डूतर्फ जाँदै गरेको रा.१ ख ३१८७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीय काली प्रसाद चौधरीको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us