
काठमाण्डू, १३ वैशाख– चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकस्थित सडकमा आँपटारीबाट गैंडाकोटतर्फ आउँदै गरेको ग–२ ख १०८० नम्बरको ट्रकको ठक्करबाट सोही महानगरपालिका–३ बस्ने ६० वर्षीय ताईसन तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ ।
शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।