
काठमाण्डू, १३ वैशाख– नेकपा माओवादी केन्द्रका प्रवक्कता समेत रहेका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले आफ्नो पार्टीमाथि अन्तर्राष्ट्रिय सर्वहारा वर्गले समेत आशा राखेको बताएका छन ।
आज (शनिबार) काठमाण्डूमा आयोजित सिन्धुपाल्चोक–काठमाण्डू सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष सापकोटाले यस्तो बताएका हुन ।
उनले भू–मण्डल नै थर्काउनेगरी विचार र कार्यक्रम अघि बढाउनुपर्ने तर्क समेत गरेका छन् । उनले ठोस स्थितिको ठोस विश्लेषण गरेर अघि बढ्नुपर्ने पनि बताएका छन । उपाध्यक्ष सापकोटाले भने, ‘यो सरकार त समाप्त हुँदैछ ।
अब सिंगो राष्ट्रको नेतृत्व हाम्रो पार्टीले गर्नुपर्छ,’ पूर्वसभामुख समेत रहेका सापकोटाले भने, ‘अन्तर्राष्ट्रिय सर्वहारा वर्गले पनि हामीमाथि नै आशा राखेको छ । भोलि हामीले भूमण्डल नै थर्काउने गरी अभियान अघि बढाउनुछ ।’
उनले अहिले आफ्नो पार्टी लोकप्रिय भएको पनि दाबी गरे । सापकोटाले वर्तमान सरका संवैधानिक नैतिकता विपरित बनेकोले यसको औचित्य नभएको पनि बताएका छन । ‘संवैधानिक नैतिकता विपरित बनेको यहो सरकार हो,’ सापकोटाले भनेका छन् ।