चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाण्डु टुडे २०८२ वैशाख १३ गते १७:०८ मा प्रकाशित

काठमाण्डू, १३ वैशाख– प्रहरीले आकर्षक तलबवैदेशिक रोजगारीमा चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डू महानगरपालिका–९ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–६ घर भएका ३१ वर्षीय नारायण बस्नेतलाई रहेको प्रहरीले जानकारी दिएको छ । बस्नेतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

नारायणले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us