
काठमाण्डू, १३ वैशाख– इलाममा जेठी सासूको हत्या गरेको आरोपमा प्रहरीले ज्वाइँ पक्राउ गरेको छ । पक्राउ पर्नेमा माई नगरपालिका–४ सिंजालीटारका ४२ वर्षीय शान्तिराम दुलाल रहेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।
उनलाई धारिलो हतियार खुकुरी प्रहार गरी सोही स्थानकी ५२ वर्षीया भूमिका चापागाईंलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उनीहरूबिच माना चामल र अंश मुद्दा अदालतमा चलिरहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार साँझ विवादका कारण दुलालले चापागाईँलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गर्दा घाइते बनाएका थिए ।
चापागाईँको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो । हत्यामा संलग्न दुलाललाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।