
काठमाण्डू, १४ वैशाख– प्रतिनिनिधि सभाको बैठकमा सांसद माया राई पक्राउ परेको सूचना सुनाएको छ । सहकारी ठगीमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद राई शनिबार पक्राउ परेकी थिइन् ।
उनी पक्राउ परेको सूचना शनिवार नै संघीय संसद् सचिवालय पुगेको थियो । उक्त सूचना आइतबार प्रतिनिधि सभाको बैठकमा सुनाइएको हो ।