
काठमाण्डू, १४ वैशाख– पछिल्लो केहि दिन यता आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप हुँदा १५ जना शिक्षक घाइते भएका छन् । काठमाण्डूको बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । आन्दोलनको क्रममा घाइते भएका शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा भर्ना गरीएको छ ।
शिक्षक महासंघ महासचिव तुलाबहादुर थापाले गम्भीर घाइते भएकालाई ट्रमामा लैजान लागिएको जानकारी दिएका छन । उनले भने, ‘अहिले घाइते शिक्षकहरूलाई सिभिलमा ल्याएका छौँ ।
जटिल भएकालाई यहाँबाट ट्रमा लैजाने तयारी भइरहेको छ ।’ प्रहरी र शिक्षकबीच बानेश्वरमा झडप भएको थियो । झडपका क्रममा १५ जना बढी शिक्षक घाइते भएका छन् । घाइतेहरूको विवरण संकल गर्ने काम भइरहेको छ । गत २० चैतदेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन् ।