
काठमाण्डू, १४ वैशाख– नेपाल शिक्षक महासंघको बैठक जारी छ । काठमाण्डूको नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएपछि थप रणनीति तय गर्न महासंघको बैठक बसिरहेको हो । ‘अहिले बैठक जारी छ,’ महासंघ महासचिव तुलाबहादुर थापाले भने ।
२६ दिनदेखि शिक्षकहरूले काठमाण्डूमा आन्दोलन गरिरहेका छन् । शान्तिपूर्ण आन्दोलन गर्दै आएकोमा आइतबार भने झडप भएको थियो ।