शिक्षक आन्दोलनमा घुस्यो राजनीति, माधव नेपाल प्रदर्शनमा सहभागी हुने

काठमाण्डु टुडे २०८२ वैशाख १५ गते ८:५१ मा प्रकाशित

काठमाण्डू, १५ वैशाख– लामो समयदेखि जारी शिक्षक आन्दोलनले अब राजनीतिक रंग लिन थालेको छ । शिक्षकहरूका माग सम्बोधन गर्न

सरकारले चासो नदेखाउँदा आन्दोलनमा राजनीतिक दलहरूको प्रत्यक्ष संलग्नता सुरु भएको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफैं शिक्षक आन्दोलनमा सहभागी हुने भएका छन् । नेपालको नृतत्वमा नेताहरु

बिजुलीबजारस्थित प्रदर्शनस्थल पुग्ने तय भएको सो पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

खतिवडाले सामाजिक सञ्जालमार्फत पार्टी कार्यकर्तालाई प्रदर्शनस्थलमा सहभागी हुन आह्वान गरेका छन् । २६ दिनदेखि जारी आन्दोलनलाई बेवास्ता गर्न खोज्ने सरकारको रवैयाविरुद्ध अब चुप बस्न नसकिने उनको भनाइ छ ।

यसअघि आइतबार आन्दोलनकारी शिक्षक र प्रहरीबीच बानेश्वर क्षेत्रमा झडप भएको थियो । झडपका क्रममा प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गर्दा एक सञ्चारकर्मीसहित ६० बढी शिक्षक घाइते भएका थिए ।  त्यस क्रममा केही सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us