राज्य अधिनायकबाद तर्फ हिँडिरहेको भान भयोः सुमना श्रेष्ठ

काठमाण्डु टुडे २०८२ वैशाख १५ गते १२:५४ मा प्रकाशित

काठमाण्डू, १५ वैशाख– पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले राज्य अधिनायकबाद तर्फ हिँडिरहेको भान भएको बताएकी छन ।

आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद श्रेष्ठले यस्तो बताएकी हुन । उनले भनिन्, ‘राज्य अधिनायकवाद तर्फ हिडिँरहेको हो कि भन्ने भान भइरहेको छ ।

सरकार बहुमतको अत्याचारतिर त गइरहेको छैन ?’ पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेकी सांसद श्रेष्ठले शिक्षक आन्दोलनमा दमन भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन ।

शिक्षकलाई पनि दलको सदस्यता त्याग्न उनको आग्रह छ । ‘शिक्षकहरू तपाईं दलको सदस्यता लिएर कार्यकर्ता बन्नुहुन्छ । त्यसपछि उठबस भन्दा त्यसो गर्नुपर्ने हुन्छ । शिक्षक दलको सदस्य हुन हुँदैनश,’ उनले भने ।

शिक्षकमाथि भएको दमनप्रति समीक्षा गर्दै उनीहरूका माग सम्बोधन गर्नेतिर ख्याल गर्न सरकारलाई उनको आग्रह समेत गरेकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us