मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डु टुडे २०८२ वैशाख १५ गते १३:०१ मा प्रकाशित

काठमाण्डू, १५ वैशाख– आज सोमबार मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक साँझ साढे ६ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

बैठकमा सरकारले वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुनसक्ने एक मन्त्रीले जानकारी दिएका छन ।

साथै आन्दोलनरत शिक्षक र चिकित्सकहरुका माग, नयाँ गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनसक्ने ती मन्त्रीले बताए । शिक्षकहरु नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाण्डू केन्द्रित आन्दोलनमा छन् ।

आन्दोलनले सरकारी विदालयमा भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायत सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us