
काठमाण्डू, १५ वैशाख– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शिक्षकहरूको माग पूरा नहुनुमा पछिल्ला तीन सरकार जिम्मेवार रहेको बताएका छन ।
आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा लिएर बोल्दै माओवादी सांसद शर्माले यस्तो बताएका हुन । माओवादी सांसद शर्माले भने, ‘पछिल्ला तीन वटा सरकारले पटक–पटक गरेका सरकारले गरेका सम्झौता कार्यान्वयन गर्ने र धोका दिने गर्दा समस्या भएको हो ।’
शिक्षक आन्दोलन लम्बिँदा विद्यार्थीहरूको पठन प्रक्रियामा नै समस्या भएको उनले बताए । आफू तीन दिन अगाडि गाउँबाट फर्किएको उल्लेख गर्दै उनले गाउँमा दुई दर्जन जति बालबालिका चोटपटक लागेको अवस्थामा पाएको पनि बताए ।
कसरी चोटपटक लाग्यो भन्दा अभिभावकले स्कुल जान नपाएको र भीरपाखामा चल्दा लडेर चोटपटक लागेको सुनाएको सांसद शर्माले बताएका छन । शिक्षकका जायज माग सम्बोधन गर्न सरकार अग्रसर हुनुपर्ने उनको आग्रह छ ।
तर, सरकार शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षकमाथि दमन गर्ने नीतिका साथ प्रस्तुत हुन थालेको भनेर आलोचना समेत गरे । संविधान अनुसार ऐन बनाउनुपर्ने धेरै ढिलो भइसकेको उल्लेख गर्दै उनले सरकारले आफैँ बनाएर दिनुपर्ने ऐन चाहियो भनेर आन्दोलन नै गर्नुपर्ने अवस्था बिडम्बनापूर्ण रहेको बताए । सबै पक्ष जिम्मेवार भएर शिक्षकका जायज माग सम्बोधन गर्नमा लाग्नुपर्ने उनको आग्रह समेत गरेका छन ।