
काठमाण्डू, १५ वैशाख– काठमाण्डूको बूढानीलकण्ठमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको मधुवन नगरपालिका–८ घर भई बूढानीलकण्ठ बस्दै आएका २५ वर्षीय कृष्ण चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।
उनको आइतबार मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । बूढानीलकण्ठ नगरपालिका–१ मा घरको जग हेम्बरिङ मेसिनले खन्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
उपचारका लागि ग्रान्डी अस्पतालमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।