घाइते अवस्थामा समेत शिक्षकहरू सडक आन्दोलनमा

काठमाण्डु टुडे २०८२ वैशाख १५ गते १३:२३ मा प्रकाशित

काठमाण्डू, १५ वैशाख– पछिल्लो केहि दिन यता विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेमा मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाण्डू केन्द्रीत सडक आन्दोलनमा छन् ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा १० औँ हजार शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाण्डूमा सडक आन्दोलन गर्दै आएका हुन् । आन्दोलनको क्रममा २६ औँ दिनमा हिजो प्रहरीसँग झडप भएको थियो ।

झडपका क्रममा ६२ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका थिए । तीमध्ये एक दर्जन बढी शिक्षक तथा विद्यालय कर्मचारीलाई गम्भीर चोट लागेको छ । प्रहरीसँगको झडपपछि घाइते भएका शिक्षकहरू उपचारपछि आज सडक आन्दोलनमा उत्रिएका छन् ।

सामान्य घाइते भएका शिक्षकहरू मलमपट्टी लगाएर भए पनि सडक आन्दोलनमा उत्रिएका हुन् । प्रहरीसँगको झडपपछि महासङ्घले आन्दोलन थप चर्काउने निर्णय गरेको थियो ।

घरमा रहेका शिक्षकहरूलाई समेत तत्काल काठमाण्डू आउन अनुरोध गरेको थियो । सोही आधारमा विभिन्न क्षेत्रबाट शिक्षकहरू काठमाण्डू आन्दोलनमा थपिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us