कमल थापाको आरोपः तीनकुनेको प्रदर्शनलाई हिंसात्मक बनाउने काम स्वयं सरकारबाट भएको हो

काठमाण्डु टुडे २०८२ वैशाख १५ गते १५:४६ मा प्रकाशित

sf7df8f}F, !% dªl;/ . /fli6«o k|hftGq kf6L{ -/fk|kf_sf] a’waf/ ePsf] Pstf dxflwj]zgdf dGtJo /fVg’x’Fb} cWoIf sdn yfkf . tl:a/ M /Tg >]i7, /f;; .

काठमाण्डू, १५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगले अघि बढ्ने बताएका छन ।

आज (सोमबार) काठमाण्डूको शान्तिवाटीकामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन । सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेका नेताहरु सहभागी रहेका थिए ।

सो कार्यक्रम पूर्वमन्त्री समेत रहेका थापाले नयाँ सन्देश दिन र नयाँ संकल्प गर्न भेला भएको बताए । ‘यो जनप्रदर्शनको माध्यमबाट केही सन्देश दिन, केही संकल्प गर्न र केही उदघोष गर्न भेला भएका छौं ।’

उनले चैत १५ गते राजावादीहरुले तीनकुनेमा आयोजना गरेको हिंसात्मक प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायतलाई रिहा गर्न थापाले माग गरे ।

उनले उनीहरु निर्दोष भएको जिकिर गरे । तीनकुनेको प्रदर्शनलाई हिंसात्मक बनाउने काम स्वयं सरकारबाट भएको आरोप उनले लगाएका छन ।

उनले भने, ‘आज यो मञ्‍चबाट सरकारलाई प्रष्ट पार्न चाहन्छु, तपाईंहरुको योजना, तपाईंहरुको षडयन्त्र जनताले बुझिसकेका छन्, ‘तपाईंहरुले बुझिराख्दा हुन्छ हिन्दु राष्ट्र र पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट सशक्त ढंगले अगाडि बढ्ने छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us