
काठमाण्डू, १५ वैशाख– हल्दिरामलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपैयाँ जरिवाना गरेको छ । सतुङ्गलस्थित हल्दिराम ब्राण्डको आधिकारिक आयातकर्ताइम्पोटरले एमआरपी उल्लेख नभएका वस्तु बजार पठाउनका लागि तयार गरिएको फेला परेपछि उक्त जरिवाना तीराएको हो ।
उक्त आयातकर्तालाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना तथा कारबाहि गरिएको विभागका वरिष्ट अधिकृत अमित झाले जानकारी दिएका छन । साथै कारोबारसमेत रोक्का गरिएको उनले जानकारी दिए ।