
काठमाण्डू, १६ वैशाख– गृह मन्त्रालयले तीन जिल्लाका सीडीओको सरुवा गरेको छ । सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
यसैगरी तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको भने रामेछाप सरुवा गरीएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई गृह मन्त्रालय तानिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
मन्त्रालयमा रहेका बद्रिनाथ गैह्रेलाई जिल्ला प्रशासन कार्यालय दैलेख पठाइएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी एवम् उपसचिव नवराज जैशीलाई मन्त्रालय तानिएको छ ।
यसैगरी गृह मन्त्रालयका सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाजका लागि पठाइएको छ ।