शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयोः एमाले

काठमाण्डु टुडे २०८२ वैशाख १६ गते १३:१० मा प्रकाशित

काठमाण्डू, १६ वैशाख– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा सत्ताको प्रमुख घटक दल नेकपा एमालेले शिक्षक आन्दोलनलाई थप चर्काएर सत्ता ढाल्ने अस्त्र बनाउने प्रयास भइरहेको बताएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पार्टीको तर्फबाट बोल्दै एमाले सांसद ठाकुर गैरेले यस्तो बताएका हुन । उनले शिक्षकजस्ता बौद्धिक व्यक्तिहरूले गरिरहेको सामुदायिक र पेसागत संवेदनशील आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भइरहेको दाबी गरेका छन ।

एमाले सांसद गौरेले भने, ‘शिक्षकहरूले गरिरहेको सामुदायिक र पेसागत संवेदनशील आन्दोलनलाई अस्त्र बनाइएको छ, ‘आन्दोलनलाई सत्ता ढाल्ने, सरकार ढाल्ने र त्यसैको जगबाट आफू प्रधानमन्त्री बन्ने असफल प्रयत्न गर्ने विषय बन्द हुनुपर्छ ।’

आन्दोलनरत पक्षलाई उकास्ने काम बन्द गरेमात्रै प्रतिपक्षी दलहरूले सोमबार दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको औचित्य हुने एमाले सांसद गैरेले यस्तो बताएका हुन ।

छलफलमा एउटा कुरा गर्ने र आन्दोलन स्थलमा गएर अर्को कुरा गर्ने विषयले समस्याको समाधान गर्न नसक्ने उनले बताएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us