सोमबारको संसद् बैठकमा अश्लील नबोलेको प्रेम आलेको दाबी

काठमाण्डु टुडे २०८२ वैशाख १६ गते १४:११ मा प्रकाशित

काठमाण्डू, १६ वैशाख– पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सांसद प्रेमबहादुर आलेले संसद्मा अश्लील नबोलेको दाबी गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा उनले सोमबारको प्रतिनिधिसभा बैठकमा आफूले अश्लील नबोलेको दाबी गरेका हुन् ।

उनले भने, ‘अश्लील बोलेको भनेर प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पार्टीको दबाब झेल्न नसक्दा त्यो मुन्छेलाई डीजी बनाउनुपर्‍यो भनेर बोलेको हुँ । मैले अश्लील बोलेको छैन ।’

यसैगरी उनले आफूले बोलेको कुरा राम्रोसँग ध्यान दिएर सुनेर मात्र समाचार सम्प्रेषण गरिदिन आग्रह समेत गरेका छन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध बोल्दा आफूमाथि प्रहार भइरहेको सांसद आलेले आरोप लगाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us