
काठमाण्डु, ८ भदौ–साफ च्याम्पियनसीप फुटबलको तयारीका क्रममा कुबेतमा रहेको नेपाली टोलीले शनिबार अन्तिम अभ्यास खेल खेल्दैछ । नेपाली समय अनुसार राती सवा दश बजे कुबेतको फाहिल स्पोर्ट्स क्लबसँग खेल हुने छ ।
यसअघि कुवेतमा नेपाली टोलिले दुई अभ्यास खेल जितिसकेको छ । पहिलो खेलमा कुवेतको २० वर्ष मुनिका टोलीलाई दुई–शून्यले र अर्को खेलमा अल अरबि क्लबलाई आठ–दुई गोलको फराकिलो अन्तरले हराएको थियो । अभ्यास खेलकालागि बहराइन हुदै कुवेतमा पुगेको नेपाली टोलीले बहराइनमा रहँदा १ मा हार र १ मा जित निकालेको थियो ।
यही भदौ १५ गतेदेखि काठमाडौंमा हुने साफ च्याम्पियनको तयारीको सिलसिलामा नेपाली राष्ट्रिय टोली अभ्यास खेलकालागि बहराईन र कुबेत गएको हो । नेपाली टोली आइतबार स्वदेश फर्कने छ ।