
साउदी–साउदी अरब प्रहरीले गाडि चलाउने ६० महिलालाई कारवाही गरेको छ । साउदी अरबमा सन् १९९० देखि महिलाहरुलाई गाडि चलाउन प्रतिवन्ध छ ।
कानुन उल्लंघन गरी गाडि चलाएको भन्दै उनीहरुलाई जनही ८० डलर जरिवाना गरिएको छ भने गाडिको साँचो घरको पुरुष सदस्यलाई सुम्पन निर्देशन दिइएको छ । यसप्रति महिलाहरुले विरोध जनाउँदै इन्टरनेटमा महिलाहरुले गाडि चलाइरहेको भिडियो राखेका छन् ।