
काठमाण्डु ९ भदौ निषेधित पोखरीमा पौडी खेल्दा सिन्धुपाल्चोकका १० बर्षीय बालक सुदीप मल्ल ठकुरीको मृत्यु भएको छ । शनिवारदेखि हराएका बालक ठकुरी आइतवार ललितपुरको गुइटोल पोखरीमा मृत अवस्थामा फेला परेका हुन । प्रहरी सहायक निरीक्षक राजेश दत्तका अनुसार बालक हराएको सूचना शनिवार नै पाए पनि आइतवार मृत अवस्थामा भेटिएको हो । दत्तले भने ‘निषेधित पोखरीमा पौडी खेल्न जाँदा डुवेर मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।’