दौरा सुरुवाल सिलाउन दुबईमा नेपालीले खोले टेलर

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते १२:४० मा प्रकाशित

nepali tailor shop in dubaiदुबई, १६ कात्तिक– विदेशमा नेपालीहरुले वयवसाय गर्ने क्रम बढिरहेको बेला दुबईको मुख्य सहर बरदुबाईमा नेपालीले टेलर व्यवसाय सुरु गरेका छन् ।

अन्तर्राष्ट्रिय जगतमा नेपाली कला र संकृतिको जगेर्णा गर्ने उदेश्यका साथ रामचन्द्र परियार र बाबुराम बिकले सो व्यवसाय सुरु गरेको हो । नेपालीहरुका लागि कोट पाईन्ट, दौरा सुरुवालहरुको निकै माग आईरहेकोले नेपाली टेलर शप ‘यावार फेसन डिजाइनिङ’ खोलेको बताइएको छ ।

७ वर्षदेखि युएईमा मास्टर डिजाईन साथै नेपालमा विभन्न फेसन ड्रेस डिजाईनको काम गर्दै आएका परियार र बिक दुबै स्याङ्जाका हुन्  । शुक्रबार उद्घाटन गर्दै उनीहरुको संयुक्त लगानी भएको सो व्यवसायको सुरु गरिएको हो । नेपाली पोशाकसँगै ईन्डियन, पाकिस्तानी, अरबीहरुका लागि पनि लक्षित गरि सुरु गरिएको व्यवसायमा पश्चिमा ड्रेस पनि तयार गरिने परियारले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us