
काठमाण्डु, १९ कात्तिक–साउदी अरबमा अवैध रुपमा बस्दै आएका आप्रवासी कामदारको धरपकड सुरु भएको छ । आममाफीको अवधि सकिएलगतै प्रशासनले अवैध रुपमा बस्दै आएका आप्रवासी कामदारहरुलाई पक्राउ गर्न सुरु गरेको हो ।
पछिल्लो तीन महिनामा नेपाली, भारतीय, बंगलादेशी लगायतका करिव १० लाख आप्रवासीले साउदी अरब छोडेका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ३५ हजार नेपाली घर फर्किएका छन् भने ७ हजारले बैध भई साउदीमा बसेर काम गर्ने मौका पाएका छन् ।
बीबीसीका अनुसार करिव ४० लाखले भने अरबमा काम गर्ने अनुमति पाएका छन् । एक अनुमानका अनुसार साउदी अबरमा करिव ९० लाख आप्रवासी कामदार छन् ।