
मोरङ, १२ भदौ– एमाले नेता प्रदीप ज्ञवालीले आसन्न संविधानसभा निर्वाचनमा १ सय ६ क्षेत्रमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् ।
पार्टीको मोरङ जिल्ला कमिटीले बुधबार विराटनगरमा गरेको पत्रकार भेटघाटमा प्रत्यक्षतर्फ २ सय ४० मध्ये १ सय ६ निर्वाचन क्षेत्रमा आफूहरुले जित्ने दाबी गरेका हुन् । उनले गत संविधानसभा निर्वाचनमा हारको कारणबारे पार्टीमा समीक्षा भएको बताए ।
विगतका कमजोरीबाट पाठ सिकिएको हुनाले यसपटक एमाले मुलुकको पहिलो पार्टी हुने दाबी उनको छ । अर्को एक बेग्लै प्रसंगमा नेता ज्ञवालीले नेकपा–माओवादीको निर्वाचन बिथोल्ने हैसियत नरहेको दाबी गरे ।
े ।