
काठमाण्डु, १३ भदौ– नेपाल सद्भावना पार्टी (आनन्ददेवी)ले सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ । उपाध्यक्ष रामवरण यादवको अध्यक्षतामा सात सदस्यीय वार्ता टोली गठन गरेको प्रवक्ता गोविन्दा शाहाले जानकारी दिए ।
वार्ता टोलीको जानकारीसहितको पत्र विहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाइएको छ । जनसङ्ख्याको आधारमा तराई मधेसमा निर्वाचन क्षेत्र बढाउनुपर्ने, समानुपातिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेलगायतका माग राखी आन्दोलन गर्दै आएको सो पार्टीलाई सरकारले यही भदौ ११ गते वार्तामा आउन आग्रहसहित पत्र पठाएको थियो ।
गत साउन २९ गतेदेखि रत्नपार्कस्थित शान्तिवाटिकामा अनशन बस्दै आएकी पार्टी अध्यक्ष सरिता गिरीको अनशन भने जारी छ ।