
काठमाण्डु, १७ मंसिर–न्यूयोर्कमा एक रेल दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । अन्य ६७ जना घाइते भएका छन् । लीकबाट बाहिर उछिट्टिएर रेल दुर्घटना भएको स्थानीय सन्चार माध्यमले जनाएका छन् ।
रेलका डिब्बाहरु हार्लेम नदीको किनार नजिकै खेसका छन् । केही यात्रु नदीमा डुबेको आशंकामा गोताखोरको सहयोगमा खोजीकार्य जारी राखिएको छ । रेलमा कति यात्रु थिए भन्ने एकीन भैसकेको छैन ।