
वाशिङ्टन डिसी, १९ मंसिर-अमेरिकाको वाशिङटन डिसी महानगर क्षेत्रमा आदिकवि भानुभक्त आचार्यको शालिक अनावरण गरिएको छ । तेस्रो अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनमा अमेरिकाका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले गरेका थिए ।
सम्मेलनको दोस्रो दिन डिसेम्बर १ तारिखमा क्यानाडाबाट कार्यपत्र प्रस्तुत गर्न आएका डा. गोविन्द सिंह रावतले ‘नेपाली भाषा दिवस’ मनाउनु पर्ने भन्ने प्रस्ताव राखेका थिए । भाषा रहेन भने हाम्रो अस्तित्व रहदैन भन्दै कार्यपत्र प्रस्तुत संक्षेपमा गर्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज जस्ता भाषा तथा साहित्यको लागि काम गर्ने संस्थाले ‘नेपाली भाषा दिवस’ बारेमा पहल गर्नु पर्ने सुझाव राखेका थिए । उनको सुझावलाई सम्मेलनमा सहभागीले स्वागत गरेका थिए ।
नेपालमा सडक नाटकमा लामो समयसम्म अभिनय गरेका र क्यानाडामा यसै बिषयमा विद्यावारिधि गरेका रावतले आफ्नो पुस्तक आफैले बिमोचन गरेका थिए ।
अर्का कार्यपत्र प्रस्तुत गर्ने पृथ्वी नारायण क्याम्पस पोखराका प्राध्यापक डा. कुसुमाकर न्यौपानेको लोक साहित्यमा गरेको रोचक र अनुसन्धानात्मक वृतचित्र प्रदर्शन गरिएको थियो ।
मदन पुरस्कार पाएका मोदनाथ प्रश्रीत, अमर न्यौपाने तथा अन्य प्राज्ञहरुको सहभागीताले सम्मेलन निकै उत्साहजनक थियो ।